दफा २१
बन्दीलाई हतकडी लगाइन नहुने
(१) बन्दीलाई देहायको अवस्थामा हतकडी लगाइने-छैन:-
(क) कारागारमा रहेका बखत,
(ख) कडा वा जटिल रोग लागी उपचारको क्रममा अस्पतालमा रहेका बखत,
(ग) सम्बन्धित मुद्दाको सुनुवाइका बखत वा निजसँग अदालतबाट सोधपुछ गर्दा वा बयान लिँदा अदालतभित्र ।
(२) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका बन्दीलाई कारागार प्रशासकले तोकिएको अवधिसम्म हतकडी लगाउन आदेश दिन सक्नेछ:-
(क) एक पटक कारागारबाट भागी पक्राउ परेको, (ख) कारागारबाट भाग्ने वा उम्कने उद्योग गरेको, (ग) दफा ४९ को उपदफा (१) को खण्ड (क) वा (ख) बमोजिमको कसूर गरेको ।